प्राइम कमर्सियल बैंकले किन ग्राहकका खाताहरु बन्द गर्दैछ ?

९ श्रावण २०८२, शुक्रबार १४:३४

काठमाडौं । प्राइम कमर्सियल बैंकले लामो समयदेखि निष्क्रिय रहेका खाताहरू बन्द गर्ने भएको छ । बैंकले १० वर्षदेखि कुनै कारोबार नभएका र मौज्दात (ब्यालेन्स) शून्य रहेका सबै खाताहरू बन्द गर्ने निर्णय गरेको हो ।

बिहीबार सार्वजनिक सूचना जारी गर्दै बैंकले यस्ता खाताका धनीहरूलाई ७ दिनभित्र नजिकको शाखा कार्यालयमा सम्पर्क गरी आफ्नो खाता सक्रिय बनाउन अनुरोध गरेको छ ।

तोकिएको समयसीमाभित्र खाता सुचारु नगरेमा ती खाताहरू स्वतः बन्द हुने बैंकले स्पष्ट पारेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*