ग्रीन डेभलपमेन्ट बैंकको नाफासँगै बढ्यो ईपीएस, लाभांश क्षमता ६ करोडमाथि

११ श्रावण २०८२, आईतवार ०७:२८

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको गत आर्थिक वर्षको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ७९.५३ प्रतिशतले वृद्धि भएको छ।

बैंकले अघिल्लो आवको असार मसान्तसम्म ३ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत वर्षको सोही अवधिसम्म बढेर ६ करोड ९४ लाख रुपैयाँ पुगेको हो।

खुद नाफा बढेसँगै गत वर्ष बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ५ रुपैयाँले बढेको छ। अघिल्ला वर्ष बैंकको ईपीएस ७.१८ रुपैयाँ रहेकोमा गत वर्ष बढेर १२.१८ रुपैयाँ पुगेको छ।

त्यस्तै बैंकको खुद ब्याज आम्दानी पनि १७ करोड १६ लाख रुपैयाँबाट १७.७३ प्रतिशतले बढेर २० करोड २० लाख रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी १६ करोड ६३ लाख रुपैयाँबाट ३५.९३ प्रतिशतले बढेर २२ करोड ६१ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी अघिल्लो वर्ष बैंकले ५ करोड ७१ लाख रुपैयाँ सञ्चालन नाफा कमाएकोमा गत वर्ष ७२.७९ प्रतिशतले बढेर ९ करोड ८७ लाख रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी ५६ करोड ९६ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ६ करोड ७ लाख रुपैयाँ र रिजर्भमा ६ करोड ५१ लाख रुपैयाँ रहेको छ। बैंकले १ करोड ७० लाख रुपैयाँ सापटी लिएर ६ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन र ४ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको वितरणयोग्य नाफा (लाभांश क्षमता) ६ करोड ७ लाख रुपैयाँ रहेको छ। प्रतिशेयर नेटवर्थ १२२.११ रुपैयाँ रहेको बैंकको खराब कर्जा ३.१८ प्रतिशतबाट बढेर ३.३३ प्रतिशत पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*