‘जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी निर्देशिका, २०८२’ मा कुन-कुन बिषय समेटिएका छन् ?

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले ‘जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी निर्देशिका, २०८२’ जारी गरेको छ । प्राधिकरणले यसअघि जारी गरिसकेका २०७८ र २०८१मा समावेश भएका बिषयहरु समेटिएर ‘जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी निर्देशिका, २०८२’ जारी गरेको प्रापिधकरणले जनाएको छ।
जसमा बीमा कम्पनीहरूको जोखिम मूल्यांकन, पूँजी व्यवस्थापन र शासन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार परिष्कृत गर्ने प्रयास गरिएको छ । अब बीमा कम्पनीहरुले यही निर्देशिकाअनुसार जोखिमका आधारीत पुँजी कायम गर्नुपर्ने व्यवस्था तोकिएको छ।
साथै बीमाकर्ताहरूको सम्पत्तिको मूल्याङ्कन बजार मूल्यमा गरिने , जुन बीमा ऐन, २०२२ (२०७९), नेपाल वित्तीय प्रतिवेदन मापदण्ड, बीमांकीयसिद्धान्तहरू र वित्तीय विवरण निर्देशनहरूको उचित मूल्य सम्बन्धी प्रावधानहरू अनुसार मूल्याङ्कन गरिने व्यवस्था पनि जोडिएको छ।
बीमा कम्पनीहरूको जोखिम मूल्यांकन, पूँजी व्यवस्थापन र शासन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार परिष्कृत गर्ने प्रयास गरिएको छ । अब बीमा कम्पनीहरुले यही निर्देशिकाअनुसार जोखिमका आधारीत पुँजी कायम गर्नुपर्ने छ ।
प्राविधिक प्रावधानहरू र जोखिममा आधारित पूँजीलाई पर्याप्त र उपयुक्त सम्पत्तिहरूले समेट्नेछन् , ती सम्पत्तिहरूको प्रकृति र गुणस्तरलाई ध्यानमा राख्दै र प्राधिकरणले पूँजी स्रोतहरूको गुणस्तर सुधार गर्न प्रतिबन्ध वा समायोजनहरूलाई विवेकपूर्ण फिल्टरको रूपमा लागू गर्ने सक्ने प्रावधान रह्नेछन् ।
निर्देशिकाअनुसार निर्देशिकाले जोखिमको मूल्याङ्कनका लागि अब स्ट्रेस अप्रोेच र फ्याक्टर बेस अप्रोच गरेर दुई बिधी अपनाउनु पर्नेछ । स्टे्रस अप्रोच अन्तर्गत कम्पनीको मौजुदा वित्तीय विवरणको प्रभाव परीक्षण गरिनेछ । फ्याक्टर बेस अप्रोजमा निश्चित जोखिमहरूको लागि प्राधिकरणले तोकेका प्रतिशतका आधारमा पूँजी गणना गरिने छ ।
यस्तै, जोखिममा आधारित पूँजी गणना गर्दा काउन्टरपार्टी डिफल्ट रिक्स, मार्केट रिक्स, इन्स्योरेन्स रिक्स ९लाइफ तथा नन लाइफ० क्याटसटोपिक रिक्स र अप्रेशन रिक्सलाई पनि आधार बनाउनु पर्नेछ । काउन्टरपार्टी डिफल्ट रिक्समा ग्राहकबाट हुने जोखिम पर्छन् । मार्केट रिक्समा ब्याजदर, मुद्रास्फीति, विनिमय दर, सेयर वा सम्पत्तिको मूल्यमा हुने उतारचढाव समेत पर्छ ।
जीवन बीमा जोखिममा मृत्युदर, दीर्घायु रोग वा अपाङ्गताको परिवर्तनले हुने जोखिम पर्दछ । नन लाइफ रिक्समा मोटर, आगलागी, कृषि, स्वास्थ्य जस्ता बीमाहरूमा हुने अनुमानभन्दा बढी दाबी परेको बिषयलाई समावेश गरिन्छ । क्याटसटोपिक रिक्समा भूकम्प, बाढी, पहिरो, हावाहुरी जस्ता ठूलो प्रभाव पार्ने प्राकृतिक प्रकोपहरू पर्छन् । अप्रेशन अर्थात् सञ्चालन जोखिममा आन्तरिक प्रणाली, कर्मचारी त्रुटि वा प्रविधिमा भएको कमजोरी पर्दछ ।
नयाँ निर्देशिकामा बीमितलाई दिने बोनस नाफा वितरणको स्पष्ट प्रावधान राखिएको छ ।
प्राधिकरणले निर्देशिका कार्यान्वयनको लागि एक प्राविधिक समिति गठन गर्ने व्यवस्था पनि गरिएको छ ।जसमा रिक्स वेस क्यापिटल अन्तर्गत यो गाइडलाईन बीमा कम्पनीहरुले लागू गर्नुपर्ने हुन्छ ।
risk based beema post













