पुनर्बहालीको माग गर्दै शरद ओझा सर्वोच्चमा, भोलि अन्तरिम आदेशमाथि छलफल हुने

काठमाडौं । बीमा प्राधिकरणका निलम्वित अध्यक्ष शरद ओझा पुनर्बहालीको माग लिएर सर्वोच्च अदालतमा पुगेका छन् । नेपाल सरकार मन्त्रिपरिषदको बैठकले गत असार ३० गते सोमबार छानविन समिति गठन गरी निलम्वनमा परेका बीमा प्राधिकरणका निलम्वित अध्यक्ष ओझाले बिहिबार दायर गरेको रिटमाथि शुक्रबार सामान्य बहस भएको थियो ।
न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले अन्तरिम आदेशका लागि छलफल गर्न भोलि सोमबार सरकारलाई समेत बोलाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र छानविन समितिलाई विपक्षी बनाएर दायर गरिएको रिटमाथि भोलि सर्वोच्च अदालतमा छलफल हुनेछ ।
योग्यता नै नपुगेको व्यक्ति फर्जी र झुठा विवरण तथा कागजात तयार पारी नेपाल सरकार मन्त्रिपरिषदमा पेश गरेको भन्दै सरकार छानविन समिति बनाएको हो । यसअघि सो सम्बन्धमा सर्वोच्च अदालतमै समेत मुद्दा परेर बिचाराधिन अवस्थामा रहेकोले भोलि ओझाको पक्षमा अन्तरिम आदेश आउने सम्भावना न्यून छ ।
उता, सर्वोच्च अदालतका न्यायाधीश मुसलमान विवादमा तानिएका छन् । यसअघि आफैले ओझाको फर्जी र झुुठा विवरण सम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरी प्रक्रिया अल्झाउने दुषित नियतसाथ पूर्ण इजसाशमा पेश गर्ने आदेश दिएका थिए । सो बिषयमा आफैले एक पटक आदेश दिइसकेपछि अहिले उक्त मुद्दा हेर्न नमिल्ने हुनुपर्नेमा त्यसो नगरी आदेश जारी गरेका छन् ।














