शरद ओझाको मुद्दा हेर्न नभ्याइनेमा

१२ श्रावण २०८२, सोमबार १३:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाले गत असार ३० गते सरकारले गरेको निलम्बनका विरुद्धमा सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ ।

उक्त रिट सर्वोच्च अदाचलतका न्यायाधीश मनोज कुमार शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा परेको थियो । आज उक्त मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।

सर्वोच्चले दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो ।

ओझामाथि फर्जीं र झुठो कागजात तयार पारी मन्त्रिपरिषदमा पेश गरेर बीमा प्राधिकरणको नियुक्ति खाएको आरोप लाग्दै आएको छ । सो सम्बन्धमा सर्वोच्च अदालतमै समेत अर्काे मुद्दा विचाराधीन अवस्थामा छ ।

Update:

आज हेर्न नभ्याइनेमा परेको ओझाको मुद्दा अब यही साउन १४ गते सुनुवाई गर्न पेशी तोकिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*