हिमालयन लघुवित्त नाफामा, लाभांश क्षमता ६ करोडमाथि

१४ श्रावण २०८२, बुधबार ०६:५४

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो वित्तीय विवरण अनुसार कम्पनी खुद नाफामा गएको छ।

अघिल्लो आवको असार मसान्तसम्म कम्पनी २० लाख खुद घाटामा रहेकोमा गत आवको असार मसान्तसम्म कम्पनीले ९ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो।

कम्पनी खुद नाफामा गएसँगै प्रतिशेयर आम्दानी (ईपीएस) मा पछि उछाल देखिएको छ। अघिल्लो वर्ष कम्पनीको ईपीएस ०.६३ रुपैयाँ ऋणात्मक रहेकोमा गत वर्ष २८.७० रुपैयाँ धनात्मक भएको छ।

त्यसैगरी अघिल्लो वर्ष कम्पनीको खुद ब्याज आम्दानी २२ करोड २७ लाख रुपैयाँ रहेकोमा गत वर्ष ५८.५० प्रतिशतले बढेर ३५ करोड ३० लाख रुपैयाँ पुगेको छ। कम्पनीको खुद सञ्चालन आम्दानी २४ करोड १८ लाख रुपैयाँबाट ६९.४० प्रतिशतले बढेर ४० करोड ९७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ३५ लाख सञ्चालन घाटामा रहेको कम्पनीले गत वर्ष १ करोड ३१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ।

कम्पनीको चुक्ता पूँजी ३१ करोड ९८ लाख रुपैयाँ, शेयर प्रिमियम ४ करोड ५५ लाख रुपैयाँ, रिजर्भ कोषमा ११ करोड ९२ लाख रुपैयाँ रहेको कम्पनीको लाभांश क्षमता (वितरणयोग्य नाफ) ६ करोड ३१ लाख रुपैयाँ रहेको छ।

गत आवसम्म कम्पनीले ३ अर्ब ८२ करोड रुपैयाँ सापटी लिएर ४ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी गरी १ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। कम्पनीको खराब कर्जा ३.४९ प्रतिशतबाट बढेर ५.३३ प्रतिशत पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४८.१६ रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*