आरम्भ चौतारी लघुवित्तको खुद नाफा र ईपीएसमा उछाल, लाभांश क्षमता ५ करोड बढी

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा गत आवमा खुद नाफामा उछाल देखिएको छ।
कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म जम्मा ६ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएकोमा गत आवमा ह्वात्तै बढेर ९ करोड ४४ लाख रुपैयाँ पुगेको छ।
खुद नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि उछाल आएको छ। अघिल्लो वर्ष कम्पनीको ईपीएस ०.१९ रुपैयाँ रहेकोमा गत वर्ष ह्वात्तै बढेर २५.७२ रुपैयाँ पुगेको छ।
कम्पनीको खुद ब्याज आम्दानी पनि अघिल्लो वर्ष २८ करोड ७ लाख रुपैयाँ रहकोमा गत वर्ष ३१.८९ प्रतिशतले बढेर ३७ करोड २ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै खुद सञ्चालन आम्दानी ३२ करोड ६२ लाख रुपैयाँबाट बढेर ४५ करोड ३८ लाख र सञ्चालन नाफा १ करोड ३० लाख रुपैयाँबाट बढेर १ करोड ३४ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको चुक्ता पूँजी ३६ करोड ७१ लाख रुपैयाँ, रिजर्भमा १५ करोड ४१ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा (लाभांश क्षमता) ५ करोड २१ लाख रुपैयाँ रहेको छ।
कम्पनीले ३ अर्ब ३५ करोड रुपैयाँ सापटी लिएर ५ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गरी १ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। कम्पनीको खराब कर्जा ४.२१ प्रतिशतबाट घटेर २.१३ प्रतिशतमा झरेको छ भने प्रतिशेयर नेटवर्थ १५६.१८ रुपैयाँ रहेको छ।












