एक वर्षसम्म पनि विदेशी पुनर्बीमा दलाल कम्पनीले नेपालमा शाखा खोल्न सकेनन्

१४ श्रावण २०८२, बुधबार १२:०१

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमा दलालहरूलाई नेपालमा शाखा कार्यालय स्थापना गर्न निर्देशन दिएको एक वर्षसम्म पनि कार्यालय स्थापना गर्न सकेको छैन ।

बीमकको पुनर्बीमा निर्देशिका, २०८० बमोजिम नेपालमा कार्यालय स्थापना नगरेका विदेशी पुनर्बीमा दलाललाई तीन महिनाभित्र कार्यालय स्थापना गर्न निर्देशन दिएको एक वर्षसम्म पनि कार्यायल स्थापना नगर्दा समेत प्राधिकरण मौन बसिरहेको छ ।

बीमकको पुनर्बीमा निर्देशिका, २०८० मा प्राधिकरणमा सूचीकरण भएका र सूचीकरण नम्बर प्राप्त गरेका पुनर्बीमा दलालले ६ महिनाभित्र नेपालमा संयुक्त लगानीमा कम्पनी, शाखा वा सम्पर्क कार्यालय स्थापना गर्नु पर्नेछ भन्ने व्यवस्था रहेको थियो तर विदेशी दलाल कम्पनीहरु भने अटेर गर्दै बसिरहेका छन् ।

नेपालमा विदेशी पुनर्बीमा दलालहरुले कार्यालय स्थापना नगरेको तर काम भने गरिरहेको दलाल कम्पनीलाई लक्षित गरी उनीहरुलाई अनिवार्य रुपमा कार्यालय स्थापना गर्न प्राधिकरणले निर्देशन दिएको थियो तर हालसम्म पनि यो निर्देशन विदेशी ब्रोकर कम्पनीहरुले नटेरेका हुन्।

प्राधिकरणले पटक पटक ब्रोकर दलाललाई सीमित अवधि दिएर पत्राचार गरेपनि कम्पनीबाट कुनै प्रतिक्रिया नआएको प्राधिकरण बताउँछ ।

प्राधिकरणमा हालसम्म ५४ वटा दलाल कम्पनी सूचीकृत भएका छन् । सूचीकृत भएका कम्पनीमध्ये अन्तिम समयमा चार वटा कम्पनीले मात्रै चासो देखाएको प्राधिकरणले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*