गभर्नर पौडेलले गरे वाणिज्य बैंकका अध्यक्षसँग छलफल, के के विषयमा भयो केन्द्रित ?

१४ श्रावण २०८२, बुधबार १८:२४

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल र वाणिज्य बैंकहरूको सञ्चालक समितिका अध्यक्षहरूबीच सोल्टी होटलमा विशेष छलफल सम्पन्न भएको छ । लगातार दोस्रो दिन बैंकिङ क्षेत्रका उच्च तहसँग परामर्श गर्दै गभर्नर पौडेलले आज सञ्चालक अध्यक्षहरूसँग प्रत्यक्ष संवाद गरेका हुन् । यसअघि मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग गभर्नरले छुट्टै छलफल गरेका थिए ।

बुधबार सम्पन्न छलफलमा चालु आर्थिक वर्ष २०८२/८३ का लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति (एफएसडीएस) तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) को प्रस्तावित संशोधनका विषयमा विस्तृत बहस भएको थियो । छलफलमा राष्ट्र बैंकले पठाएको निमन्त्रणापत्रअनुसार यी तीन एजेन्डा प्रमुख विषयका रूपमा प्रस्तुत भएका थिए ।

छलफलका क्रममा सञ्चालक समितिका अध्यक्षहरूले बाफिया संशोधनमा प्रस्ताव गरिएका केहि प्रावधानप्रति चासो व्यक्त गरेका थिए । विशेषतः उल्लेख्य स्वामित्वको सीमा २ प्रतिशतबाट घटाएर १ प्रतिशतमा झार्ने, व्यवसायिक कर्जामा रोक लगाउने र ‘सम्बद्ध व्यक्ति’ को परिभाषा विस्तार गर्ने जस्ता विषयहरूमा अध्यक्षहरूले गहिरो बहस गरेका थिए । उनीहरूले यस्ता प्रावधान लागू गर्नु अघि बैंकबाट लगानी सहज रूपमा फिर्ता हुने स्पष्ट व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।

गभर्नर पौडेलले बैंकिङ क्षेत्रलाई स्थायित्व, पारदर्शिता र दिगो सुधारतर्फ लैजान संरचनात्मक सुधार आवश्यक रहेको धारणा राखेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*