नारायणी डेभलपमेन्ट बैंकले पायो हकप्रद निष्कासनको अनुमति

१६ श्रावण २०८२, शुक्रबार १२:०७

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका २६ लाख २४ हजार ६७७ कित्ता हकप्रद शेयर १ः१ को अनुपातमा निकाल्न साउन १५ गते अनुमति पाएको हो। यसबाट बैंकले २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँ संकलन गर्नेछ।

बैंकको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*