उन्नति सहकार्य लघुवित्तको वित्तीय सूचांकमा झल्कियो प्रगती, अधिकांश सूचकमा बृद्धि

१६ श्रावण २०८२, शुक्रबार १२:१४

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार यस अवधिमा संस्थाको नाफा, ब्याज आम्दानी लगायतका प्रमुख सूचांकहरुमा सुधार आएको छ ।

समीक्षा अवधिमा लघुवित्तले पाँच करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था ९४ लाख ५९ हजार रुपैयाँमा घाटामा थियो ।

संस्थाले यस अवधिमा २७ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५२.३७ प्रतिशतले बढी हो । संस्थाको खुद सञ्चालन आम्दानी २९ करोड ४५ लाख रुपैयाँ र सञ्चालन मुनाफा ७ करोड ४९ लाख रुपैयाँ रहेको छ ।

लघुवित्तको रिटेन्ड अर्निङ ८ करोड ७७ लाख रुपैयाँ र रिजर्भको आकार ११ करोड २ लाख रुपैयाँबराबर रहेको छ । १ अर्ब २० करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले ३ अर्ब ७६ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।

संस्थाले इम्पेयरमेन्ट चार्जका लागि १ करोड ९१ लाख रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवमा भने संस्थाले इम्पेयरमेन्ट चार्जका लागि १ करोड ३० लाख रुपैयाँको व्यवस्था गरेको थियो । संस्थाको खराब कर्जा अनुपात ३।०३ प्रतिशतबाट बढेर ४.७३ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी २१।२४ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १४८.२१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६४०.४५ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*