सिवाईसी नेपाल लघुवित्तको प्रगतिः नाफासँगै ईपीएस ह्वात्तै बढ्यो, लाभांश क्षमता ९ करोडमाथि

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा गत आवमा लोभलाग्दो वित्तीय प्रगति गर्न सफल भएको छ।
कम्पनीले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म ३ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवमा २०८.४४ प्रतिशतले वृद्धि भएर ११ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्ष कम्पनीको आम्दानी वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो।
कम्पनीले अघिल्लो वर्ष ३१ करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत वर्ष ४१.३० प्रतिशतले बढेर ४५ करोड ३ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै गत वर्ष कम्पनीको खुद सञ्चालन आम्दानी ३७ करोड ९१ लाख रुपैयाँबाट बढेर ४९ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ४ करोड ६४ लाख रुपैयाँबाट २५०.५३ प्रतिशतले बढेर १६ करोड २७ लाख रुपैयाँ पुगेको छ।
योसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि १४.३० रुपैयाँबाट ह्वात्तै बढेर ४४.०९ रुपैयाँ पुगेको छ। यता कम्पनीको खराब कर्जामा केही सुधार आएर ४.९५ प्रतिशतबाट घटेर ४.५४ प्रतिशतमा झरेको छ।
चुक्ता पूँजी २६ करोड ६४ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ११ करोड ३३ लाख रुपैयाँ र रिजर्भमा ३५ करोड ८६ लाख रुपैयाँ रहेको छ। कम्पनीले गत असार मसान्तसम्म ३ अर्ब १० करोड रुपैयाँ सापटी लिएर ६ अर्ब २५ करोड कर्जा लगानी गरी २ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।
प्रतिशेयर नेटवर्थ २७७.१७ रुपैयाँ रहेको यस कम्पनीको लाभांश क्षमता (वितरणयोग्य नाफा) ९ करोड १० लाख रुपैयाँ रहेको छ।













Good result go ahead