एनएमबि बैंकद्वारा रुपन्देहीको तिलोत्तमा पार्कमा वृक्षारोपण

१८ श्रावण २०८२, आईतवार ०७:३०

काठमाडौं । एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीको तिलोत्तमा पार्कमा वृक्षारोपण गरेको छ। बैंकले पार्कमा ड्रागन फ्रुट, अम्बा, आँप, लिच्ची, कटहर लगायत करीब दुई सय फलफूलका विरुवा रोपेको हो ।

बैंकका सीईओ गोविन्द घिमिरेले विरुवा रोपेर वृक्षारोपण कार्यक्रमको शुरुवात गरेका थिए। उनले बैंकले दीगो विकास अन्तर्गत वातावरणमैत्री र पर्यावरण संरक्षणलाई प्राथमिकतामा राखेर काम गरिरहेको साथै जलवायु परिवर्तनको असरबाट पर्ने नकारात्मक प्रभावबाट जोगिन मुलुकका सातै प्रदेशमा वृक्षारोपण तथा वातावरण सरसफाईका अभियान निरन्तर गरिरहेको बताए।

साथै हरित अर्थतन्त्र वा ‘ग्रिनोमिक्स’ अर्थात वातावरणमैत्री, दीगो र समावेशी विकासलाई प्राथमिकता दिने गरी बैंकका सम्पूर्ण बैंकिङ्ग कारोबार तथा कर्जा लगानी गरेको बताउँदै नेपालको आर्थिक वृद्धिसँगै पर्यावरणको संरक्षण, स्वच्छ ऊर्जाको प्रवद्र्धन तथा जलवायु अनुकूललाई एनएमबि बैंकले आत्मसात् गरेको उल्लेख गरे।

तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले एनएमबि बैंकले तिलोत्तमा पार्कलाइ छनौट गरी वृक्षारोपण गरेकोमा आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा राखेको बताए। तिलोत्तमा पार्कका अध्यक्ष दिपक पाठकले तिलोत्तमा पार्कलाई उत्कृष्ट र सबैको आकर्षणको केन्द्र बनाउने अभियानमा आफुहरू लागिरेको जानकारी दिए।

एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरू, १८७ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत् उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*