नेशनल लघुवित्तको करिव १ लाख कित्ता शेयर बिक्रीमा

२० श्रावण २०८२, मंगलवार १२:१६

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न १० जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको करिव संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले कुल ९४ हजार ८७० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

उक्त शेयरमा संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ ।

तोकिएको मितिभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त शेयर बिक्री गरिने संस्थाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*