बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री बानियाँद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री नियुक्त भएका छन् । उनले अजै पद तथा गोपनियताको सपथसमेत ग्रहण गरिसकेका छन् ।
संघीयता कार्यान्वयनपछि बानियाँ बागमतीले पाएको छैटौँ मुख्यमन्त्री बनेका हुन् । नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनबाट उनी ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।मुख्यमन्त्री बन्न बानियाँले आफ्नै दलका बहादुर सिंह लामालाई संसदीय दलका नेतामा अविश्वास प्रस्ताव राखेर हराएका थिए ।
उनले गत साउन ९ गते शुक्रबार नेता लामामाथि अविश्वास प्रस्ताव दर्ता गराएर साउन १३ मा पारितसमेत गराएका थिए । लामाको विपक्षमा २२ जना सांसद उभ्याउन सफल भएका बानियाँले साउन १५ मा भएको संसदीय दलको नेतामा पुनः नेता लामालाई हराएका थिए ।
बागमती प्रदेशमा यस्तो बन्यो सरकार














