सम्पत्ति शुद्धिकरण सम्बन्धी निर्देशिका तयार गर्दै बीमा प्राधिकरण, कडा रिपोर्टिङको व्यवस्था

२१ श्रावण २०८२, बुधबार १५:४६

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धिकरण सम्बन्धी नयाँ निर्देशिका तयार पार्ने प्रक्रिया अघि बढाएको छ । प्राधिकरणका अनुसार नेपाल ग्रे लिष्टमा परेकोले हटाउन भूमिका खेल्ने गरी नयाँ सम्पत्ति शुद्धिकरण सम्बन्धी निर्देशिका जारी गर्न लागिएको हो ।

नेपाललाई ग्रेलिष्टबाट बाहिर निकाल्न प्रधानमन्त्री कार्यालयले दिएको ९ बुँदे निर्देशनलाई परिपालना गर्नको लागि सम्पत्ति शुद्धिकरण ऐनसँग मिल्ने गरी सम्पत्ति शुद्धिकरण सम्बन्धी निर्देशिका जारी गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले बीमितले बीमा गर्दाका बखत नै सम्पत्ति शुद्धिकरण सम्बन्धी नीतिहरु कार्यान्वयन गर्नुपर्नेछ । त्यस्तै, बीमा कम्पनीहरुले पनि सम्पत्ति शुद्धिकरण सम्बन्धी व्यवस्था र नियमहरु कडाईपूर्वक लागू गर्नुपर्ने नयाँ व्यवस्था गरिएको छ ।

नियमनकारी निकायलाई कारवाही गर्ने अधिकार बृद्धि समेत गरेर नयाँ निर्देशिका जारी गर्न लागिएको छ ।

नयाँ व्यवस्थामा बीमा कम्पनीहरुले एफआईयुमा गर्नुपर्ने रिर्पोटिङको समयसीमा तोक्ने काम निर्देशिकामा गरिएको छ । बीमा कम्पनीहरुले समयमा रिपोर्टिङ नगरेमा कारवाही हुने समेतको व्यवस्था गर्न लागिएको छ । प्राकृतिक व्यक्तिसम्ममा पुगेर लाभग्राही को हो भनेर हेर्नुपर्ने व्यवस्था गरिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*