दुर्घटना बीमा नभएका भारतीय ट्याक्सीलाई नेपाल प्रवेशमा रोक

२ भाद्र २०८२, सोमबार १३:४६

काठमाडौं । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर वनबासा नेपाल–भारत सीमा नाकामा भारतीय ट्याक्सी व्यवसायीहरुको मनोमानी अन्त्य भएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल नेतृत्वको यातायात व्यवस्थापन समितिको बैठकले यही जेठ ७ गते भारतमा दर्ता भएका र दुर्घटना बीमा नभएका ट्याक्सीलाई नेपालमा यात्रु ओसारपसार गर्न नदिने निर्णय गरेपछि भारतिय ट्याक्सी व्यवसायीहरुको मनोमानी अन्त्य भएको हो ।

सोही निर्णय कार्यान्वयन गर्ने क्रममा नेपाली सीमामा भारतीय पहेँलो नम्बर प्लेटका यात्रुवाहक ट्याक्सी रोकिएपछि शनिवार उनीहरूले ‘नेपाली प्रशासनले गुन्डागर्दी’ गरिरहेको भन्दै नारा लगाएका थिए । कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल एक्सनमा उत्रिएसँगै सीमावर्ती क्षेत्रमा भारतिय तस्कर तथा विचौलियाको गतिविधी रोकिएको छ । उनले कञ्चनपुरमा खुलेआम दादागिरी गर्दै आएका भारतिय ट्याक्सी चालकहरुले नेपाल प्रवेशमा नै रोक लगाएपछि विचौलियाहरु त्रसित बनेका छन् ।

नेपाल भित्र भारतीय पहेँलो नम्बर प्लेटका ट्याक्सी चलाउन दिनुपर्ने माग गर्दै उनीहरूले सीमा क्षेत्रमा पर्दशन गरेका छन् । भारतमा पहेँलो नम्बर प्लेटका सवारी साधनहरू यात्रु बोल्ने अनुमति प्राप्त सवारी साधन हुन । भारतीय सवारी साधन निश्चित दस्तुर तिरेर नेपालमा एक आर्थिक वर्ष भित्रमा एक महिना चलाउन मिल्ने भए पनि यात्रु बोक्न पाइँदैन। तर, यात्रु बोक्ने उद्देश्यले भारतमा दर्ता भएका ट्याक्सीले भने नेपाली प्रशासनकै उदासीनताका कारण नेपालभित्र निर्बाध रूपमा यात्रु ओसारी रहेका थिए।

नेपालको कालो प्लेटको ट्याक्सी भारतीय सीमा सुरक्षा बल (एसएसपी)ले भारतमा जान रोक लगाएको छ । तर,भारतबाट पहेँलो नम्बर प्लेटको गाडी भने नेपालमा आएर यहाँको नियम नमानेर चल्न थालेपछि नेपाली यातायात व्यवसाय धरापमा पार्न थालेको गुनासो समेत गरेका छन्।

अहिले धेरैजसो महेन्द्रनगरमा चल्ने ट्याक्सीका मालिक नेपाली नै भए पनि उनीहरूले भारतीयको नाममा दर्ता गरेका छन्। प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले महेन्द्रनगर बजार भरी छ्यापछ्याप्ती २४ घण्टा पहिलो नम्बर प्लेटका भारतीय गाडी चल्न थालेपछि नियन्त्रण गर्न खोजिएको बताए। ‘महेन्द्रनगर बजार भरी छ्यापछ्याप्ती २४ घण्टा गुडिरहेका छन्। अति नै भएपछि विरोध पनि धेरै भयो। त्यसपछि अरू उपायले कन्ट्रोल नभएपछि नेपालको सिमाना भित्र पहेँलो नम्बर प्लेटको भारतीय ट्याक्सीलाई आउन रोक लगाइएको हो’ उनले भने ‘ट्याक्सी भारतीय नम्बर प्लेटका भए पनि मालिक नेपाली छन्। रजिस्टर आफ्नो नाममा नभए पनि नेपाली डमी मालिक छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*