हिमालयन एभरेष्टले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता?

२ भाद्र २०८२, सोमबार १४:०६

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ।

कम्पनीले विभिन्न शाखा (ब्रान्च)का लागि ब्रान्च म्यानेजर पनि माग गरेको छ। जसमा काठमाडौं भ्यालीभित्र र भ्याली बाहिर पोखरा, ईलाम, लेखनाथ, लालबन्दीका लागि ब्रान्च म्यानेजर माग गरेको हो। साथै सोही स्थानका लागि मार्केटिंग असिस्टेण्टहरूको लागि पनि कम्पनीले आवेदन खुलाएको छ।

त्यसैगरी हेड अफिसका लागि ह्युमन रिसोर्स असिस्टेण्ट पनि माग गरेको छ। अफिसर लेभलका लागि बिजनेश स्टडिज बाट ब्याचलर वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ भने असिस्टेण्टका लागि प्लस टू वा सो सरहेको परीक्षा उत्तीर्ण गरेकाले आवेदन दिन सक्नेछन्।

योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात सहित १५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*