नयाँ राजनीतिक दल खोल्ने ब्यवसायी दुर्गा प्रसाईंको घोषणा
२ भाद्र २०८२, सोमबार १५:१२

काठमाडौँ । ब्यवसायी दुर्गा प्रसाईंले पार्टी स्थापना गर्ने घोषणा गरेका छन् । सोमबार एक पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रसाईंले अहिले आफ्नो दिन नआएकाले ७८ दिन हिरासतमा बसेको जिकिर गरे । ‘मलाई नेपाल चाहिएको छ । नेपाली नागरिक चाहिएको छ । मलाई किन्न कोसिस गरे । त्यो दिन म नभागेको भए इन्काउन्टरमा मारिन्थे । यहाँ दलालहरूका लागि बाँच्न सजिलो रहेछ । म भाग्दिनँ भनेको थिएँ । मैले नेपालको जेल सबै देखेको छु । मेरो दिन आएपछि तिमिहरू भाग्न पाउँदैनौँ । एक दिन सर्वहारा भुँई मान्छेको दिन आउँछ’, उनले भने ।













