बदलिँदो सिमेन्टको वित्तीय रिपोर्टः शिवम र सर्वोत्तम अब्बल, दयनीय अवस्थामा घोराही, कुनमा लगानी सुरक्षित?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत चार सिमेन्ट कम्पनीहरूको वित्तीय अवस्था विस्तारै लयमा फर्कि रहेको छ । गत आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण सार्वजनिक कम्पनी केहि सकारात्मक यात्रा तिर फर्र्किएको देखिएको हो ।
चार कम्पनीमध्ये शिवम सिमेन्ट र सर्वोत्तम सिमेन्टको अवस्था तुलनात्मक रूपमा सन्तोषजनक देखाएको छ भने घोराही सिमेन्ट र सोनापुर सिमेन्ट अझै गम्भीर दबाबमा रहेको देखिन्छ । दोस्रो बजारमा यी कम्पनीहरूको शेयर मूल्य ४०० देखि ८०० रुपैयाँबीच कायम भए पनि वित्तीय सूचकहरू कमजोर देखिनु बजारमा चलखेल भइरहेको संकेतका रूपमा लिइएको छ । वित्तीय आधार बलियो नभए पनि मूल्य उच्च रहनु लगानीकर्ताका लागि जोखिमपूर्ण स्थिति बनेको छ ।
विशेषज्ञहरूले लगानीकर्तालाई कम्पनीहरूको वित्तीय विवरण, बजारको अवस्था र भविष्यका व्यवसायिक रणनीतिहरूको गहन अध्ययन गरी मात्र लगानी निर्णय लिन सल्लाह दिएका छन् । वित्तीय पुनर्संरचना र व्यवसायिक सुधार नगरेसम्म यी कम्पनीहरूले पुँजी बजारमा विश्वसनीयता कायम राख्न कठिन हुने भएकाले सचेत रहनुपर्ने देखिन्छ ।
नाफामा सर्वोत्तम अघि, घोराही कम्पनी ऋणात्मक
नेप्सेमा सूचीकृत चार सिमेन्ट कम्पनी मध्ये सर्वोत्तम सिमेन्ट सबैभन्दा अघि देखिएको छ । गत आर्थिक वर्षमा कम्पनीको नाफा ५७२ प्रतिशतले बढेर १ अर्ब ४५ लाख ९३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १४ करोड ९३ लाख ७८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यसअवधिमा शिवम सिमेन्टले समेत ७९ करोड ४१ लाख ८ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २०५ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा सोनापुर ६१ लाख ५० हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा भने कम्पनी ४७ करोड १० लाख रुपैयाँ ऋणात्मक रहेको थियो ।

घोेराही सिमेन्टको नाफा भने ६६ करोड ७१ लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ ।
प्रतिशेयर आम्दानी कसको कति ?
चार सिमेन्ट कम्पनी मध्ये नाफामा अग्र स्थानमा रहेको सर्वोत्तम प्रतिशेयर आम्दानीमा समेत नम्बर वानमा रहेको छ । गत आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी २०.१९ रुपैयाँ रहेको छ ।

शिवमको प्रतिशेयर आम्दानी २.०८ रुपैयाँ र सोनापुरको ०.२० रुपैयाँ रहेको छ । साथै, घोराहीको १४.४६ रुपैयाँ ऋणात्मक रहेको छ ।
चुक्तापुँजी कसको कति ?
चुक्तापुँजी धेरै हुनेमा शिवम सिमेन्ट पहिलो नम्बरमा रहेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको चुक्तापुँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ८.५५ प्रतिशतले बढी हो ।
समिक्षा अवधिमा सर्वोत्तमको चुक्तापुँजी ४ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । चार कम्पनी मध्ये धेरै चुक्तापुँजी हुने सर्वोत्तम दोस्रो हो ।

साथै, घोराहीको चुक्तापुँजी ४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ र सोनापुरको ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ रहेको छ
उत्पादन बिक्रीबाट हुने आम्दानी
उत्पादन बिक्रीबाट हुने आम्दानीमा भने सर्वाेत्तमको ९ अर्ब ५५ करोड ३ लाख रुपैयाँ रहेको छ । उक्त आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा भने ४९ प्रतिशतले बढी हो ।

त्यस्तै, शिवम सिमेन्टको ७ अर्ब ७६ करोड, घोराहीको ५ अर्ब ५ करोड र सोनापुरको २ अर्ब ६१ करोड रुपैयाँ उत्पादन बिक्रीबाट आम्दानी भएको छ ।
जगेडा कोष
जगेडा कोषमा शिभमको ४ अर्ब ८३ करोड २९ लाख रुपैयाँ रहेको छ । यो चार सिमेन्ट मध्यकै सबैभन्दा धेरै हो ।
यता, सर्वोत्मको ४ अर्ब ७३ करोड, घोराही सिमेन्टको ४ अर्ब ४ करोड र सोनापुरको १ अर्ब १२ करोड लाख रुपैयाँ जगेडा कोषमा रहेको छ ।

वित्त खर्च
वित्त खर्च घोराहीको ८९ करोड २० लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १७.१० प्रतिशतले बढी हो ।
यता, सोनापुरको ४० करोड ३३ लाख र शिवमको २९ करोड ६० लाख रुपैयाँ रहेको छ । यता, घोराही सिमेन्टको वित्त खर्च १ करोड १ लाख रुपैयाँ रहेको छ ।














