निलम्बनमा रहेका बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा छ महिनामै वर्खास्त

२ भाद्र २०८२, सोमबार २२:२१

काठमाडौं । निलम्बनमा रहेका बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई सरकारले वर्खास्त गरेको छ। छ महिनामै वर्खास्त गरेको हो।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषद् निकट स्रोतले जानकारी दिएको छ ।

उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिले आइतबार सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदनलगत्तै सोमबार बसेको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

अनुभवको फर्जी कागज बनाएको भन्दै कीर्तेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धानमा उजुरी परेको थियो। त्यस्तै उनको योग्यता सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको छ।

ओझालाई सरकारले गत १२ फागुनमा नेपाल बीमा प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो ।

उनको योग्यतामा प्रश्न उठाउँदै अधिवक्ता इन्दिरा धमलाले १७ चैतमा रिट दायर गरेकी थिइन् ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*