नाडा शो अटो व्यवसायीको गौरव हो, ४० प्रतिशत गाडि बुकिङ यहिँबाट हुन्छः अध्यक्ष चौधरी

काठमाडौं । नाडा अटोमोवाईल एशोसियनका अध्यक्ष करण चौधरीले नाडा अटो गौरवको विषय भएको र अटो व्यवसायीहरुको हितमा उत्कृष्ट काम गर्दै आएको बताएका छन् । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडो अटो शोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘नाडाले १० लाखलाई रोजगार दिइरहेको छ । ३००० हजार व्यवसायीलाई संगठित गरेको छ ।’ उनले भने, ‘नाडाले व्यवसायीहरुको मनोबल बढाउन काम गर्छ । अटो पोलिसीका लागि हामिले सल्लाह सुझाव समेत दिने गरेका छौ । आज रोड सुरक्षा बारे समेत चर्चा भइरहेको छ ।’
अध्यक्ष चौधरीले भने, ‘नाडा सिप पनि दिन्छ रोजगारी समेत प्रदान गर्ने छ । युवा पलायन रोक्नु हाम्रो दायित्व हो । युवाले चाहे जे पनि सम्भव हुनेछ।’ उनले थपे, ‘अटो शो प्रदर्शन मात्र होइन व्यवसायी थलो हो । ४० प्रतिशत बुकिङ हुन्छ अटो शोमा । नयाँ सवारी मापदण्ड बारे समेत हामिले समन्वय गरि रहेका छौ ।’
उनले यसपटक रोबर्ट र उड्ने कार समेत लन्च गर्ने र सरकार ईभिलाई प्रोत्साहन गर्ने देखि उर्जा क्षेत्रमा ठुलो फड्को मारेको बताए । ‘सरकारको बजेट अटो क्षेत्रमा राम्रो आएको छ ।यो मेरो कार्यकालमा यता १० वर्ष यताकै राम्रो बजेट आएको छ ।’
‘अबको दिन चुनौतीपूण छ तर हामि हार मान्दैन। थप हामि शसक्त भएर अघि बढि रहेका छौ । एसेम्बलि समेत हामिले काम गरेका छौ । पार्ट पुर्जा समेत नेपालमा नै उत्पादन हुन सके थप बलियो बन्न सक्ने छ ।’
उनले भने, ‘युवाहरुलाई थप बलियो बनाउनु पर्छ । युवाहरुलाई स्वदेशमा नै रोक्न सरकार र निजि क्षेत्रको हातेमालो आवश्यक रहेको छ ।’













