सुजुकीको पहिलो विद्युतीय कार ‘ई भिटारा’: ५०० किलोमिटरको रेन्जसहित उत्कृष्ट फीचर (भिडियोसहित)

काठमाडौँ । नेपालका लागि सुजुकी कारको आधिकारिक वितरक सीजी मोटोकर्पले निकै प्रतिक्षित इलेक्ट्रिक एसयूभी सुजुकी ई-भिटारालाई नाडा अटो शो–२०८२ मा सार्वजनिक गरेको छ । कम्पनीले यसलाई आफ्नो पहिलो मास–प्रोडक्सन इलेक्ट्रिक एसयूभीका रूपमा प्रस्तुत गर्दै नेपालमा विद्युतीय गतिशीलताको यात्रामा नयाँ युगको सुरुवात भएको दाबी गरेको छ ।
यससँगै कम्पनीले दशैं–तिहार लक्षित ‘सुजुकी पर्वोत्सव अफर २०८२’ पनि सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकलाई ६ लाख रुपैयाँसम्म नगद छुट, एक वर्षसम्मको सवारी बीमा, छ वर्षसम्म निःशुल्क एच पार्ट्स, २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस र विभिन्न एक्सेसरिज उपलब्ध हुने व्यवस्था गरिएको छ । अटो शो अवधिभर खरिद गर्ने ग्राहकले स्क्र्याच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको छुट पाउनेछन् भने १० भाग्यशाली ग्राहकले एक–एक तोला सुन जित्ने अवसर समेत पाउनेछन् । साथै, अल्टो र सेलेरियो मोडलमा १ वर्षसम्म शून्य ब्याजदरमा गाडी खरिद गर्न सकिने सुविधा पनि दिइनेछ, तर यसमा केही सर्तहरू लागू हुने जनाइएको छ ।
फेसबुक लिङ्क
https://www.facebook.com/Nepali.Insurance.News/videos/1199619548877087
ई-भिटारालाई दुई मोटर क्षमतामा भित्र्याइएको छ । १०५.८ किलोवाट क्षमताको मोडलमा ४९ किलोवाट आवरको ब्याट्री रहनेछ भने १२८ किलोवाट क्षमताको मोडलमा ६१ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ । कम्पनीले यस गाडीले ५०० किलोमिटर सम्मको रेन्ज दिने दाबी गरे पनि नेपाली सडकमा यसको परीक्षण अझै हुन बाँकी छ ।
गाडीमा एसी र डीसी दुवै विधिबाट चार्ज गर्ने सुविधा छ । यसमा १८ इन्चको टायर, १८० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र स्पेयर टायर उपलब्ध छ ।
ई भिटारामा इन्टेरियरमा फ्लोटिङ ड्यूल स्क्रीन, अटोमेटीक क्लाइमेट कन्ट्रोल, ३६० डिग्री क्यामरा, टु स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, एडास सिस्टम, प्यानारोमिक सनरुफ, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड, हिल डिसेन्ट कन्ट्रोल, हिटेड ओआरभीएम, वायरलेस फोन चार्जरलगायत विशेषता रहेका छन्।













