जोशी हाइड्रोपावरको हकप्रदमा आवेदन दिने अवधि थप

४ भाद्र २०८२, बुधबार ०८:५८

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने अवधि थपेको छ।

कम्पनीको हकप्रद शेयरमा पर्याप्त आवेदन नपरेपछि अवधि थप गरेको हो। यससँगै अब लगानीकर्ताले भदौ १९ गतेसम्म आवेदन दिन सक्ने भएका छन्।

कम्पनीले असार ७ गतेसम्म कायम शेयरधनीहरूका लागि १ बराबर ०.६५ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २४ लाख १४ हजार १०० कित्ता शेयर निष्कासन गरिरहेको छ।

कम्पनीको हकप्रद शेयर निष्कासन तथा बाँडफाँको काम लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*