निर्जीवन बीमकको सोल्भेन्सी रेसियो ३.२९, कुन कम्पनीको जोखिम धारण क्षमता कति ?

४ भाद्र २०८२, बुधबार ११:२४

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो अनुपात ३.२९ रहेको देखिएको छ । निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण अनुसार उक्त सोल्भेन्सी रेसियो रहेको देखिएको हो ।

नेपालमा सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनी मध्ये प्रभु इन्स्योरेन्सको सोल्भेन्सी रेसियो सबैभन्दा बढी रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो ४.६६ रहेको छ । सोल्भेन्सी रेसियो अनुसार प्रभु इन्स्योरेन्सलाई सबैभन्दा सुरक्षित कम्पनीको रुपमा स्थापीत गरेको छ ।

सोल्भेन्सी रेसियोको आधारमा दोस्रो सुरक्षित कम्पनीको सूचिमा नेपाल इन्स्योरेन्स रहेको छ । सो कम्पनीको सोल्भेन्सी रेसियो ४.३३ रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियोले नेपाल इन्स्योरेन्सको जोखिम धारण क्षमता अब्बल रहेको देखाएको छ ।

त्यस्तै, तेस्रो उत्कृष्ट कम्पनीमा नेको इन्स्योरेन्स परेको छ । सो कम्पनीको सोल्भेन्सी रेसियो ३.८४ रहेको छ । अर्को उत्कृष्ट कम्पनीमा शिखर इन्स्योरेन्स रहेको छ । सो कम्पनीको सोल्भेन्सी रेसियो ३.६७ रहेको छ । सोल्भेन्सी रेसियोले लगानी गर्नका लागि कम्पनी सुरक्षित रहेको र जोखिम धारणा क्षमता उच्च रहेको देखाएको छ ।

समीक्षा अवधिमा एनएलजी इन्स्योरेन्स र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको ३.४२, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३.३२, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३.१८, नेशनल इन्स्योरेन्सको २.७९ रहेको छ ।

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सोल्भेन्सी रेसियो अनुपात २.७५, युनाइटेड अजोड इन्स्योरेन्सको २.७३ प्रतिशत, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको पनि २.७३ प्रतिशत, द ओरियण्टल इन्स्योरेन्सको २.६६ र सानिमा जिआइसी इन्स्योरेन्सको २.६२ रहेको छ ।

नेपालमा सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो नियामक बीमा प्राधिकरणले तोकिए भन्दा निकै राम्रो अवस्थामा देखिएको छ । बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई सोल्भेन्सी रेसियो १.५ अनिवार्य गरेको छ ।

के हो सोल्भेन्सी रेसियो ?

सोल्भेन्सी मार्जिन भनेको बीमा हरूकम्पनीको सम्पत्ति र दायित्व बीचको अनुपात हो । जसले कम्पनीको वित्तीय स्थिरता र जोखिम वहन क्षमताको मापन गर्दछ । यसको उद्देश्य भनेको कम्पनीले भविष्यमा आउने दाबीहरू भुक्तानी गर्न सक्षम छ या छैन भने देखाउँछ अर्थात दाबी भुक्तानीको लागि पर्याप्त पूँजी राख्नु पर्छ भन्ने हो ।

नेपाली बीमा कम्पनीहरूले प्राधिकरणले तोके भन्दा पनि धेरै नै सोल्भेन्सी मार्जिन कायम गरेका छन् । यसले नेपाली कम्पनीहरू जोखिममा छैनन भन्ने देखाउँछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*