डिशहोमले इला होटलसँग साझेदारी गरेर भर्चुअल प्रिभिलेज कार्डमार्फत् छुट दिने

काठमाडौं । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत इला होटल एण्ड रिसोट्र्स, आईएमई हस्पिटालिटी द्वारा सञ्चालित र व्यवस्थापन गरिएको प्रिमियम आतिथ्य ब्रान्डसँग साझेदारी गरेको घोषणा गरेको छ।
यस साझेदारीमार्फत सक्रिय डिशहोम ग्राहकहरूले फूड एण्ड बेभरेज तथा आवासमा १५% स्थिर छुट पाउनेछन्। इला होटल एण्ड रिसोट्र्स नेपालका तीन उत्कृष्ट होटलमा इला होटल एण्ड रिसोर्ट–मौलाकाली, आइटा कम्फर्ट होटल–बागलुङ र इला कम्फर्ट–हरकपुर रहेका छन्।
उत्कृष्ट आतिथ्य सेवा, स्वादिष्ट भोजन र आरामदायी आवासका लागि प्रसिद्ध यस ब्रान्डसँगको साझेदारीले डिशहोम ग्राहकहरूले छुटसहितको लक्जरी अनुभव लिन सक्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ। छुट अफरमा फूड एण्ड बेभरेज तथा आवासमा १५% स्थिर छुट पाइनेछ भने छुट अफर मौलाकाली, बागलुङ र गैँडाकोटका सबै इला होटल एण्ड रिसोट्र्स आउटलेटमा मान्य हुनेछ।
केवल माइ डिशहोम एपमार्फत सक्रिय ग्राहकहरूका लागि उपलब्ध यो छुट लिनका लागि भर्चुअल प्रिभिलेज कार्ड भएको हुनु पर्नेछ। जुनसुकै इला होटल एण्ड रिसोट्र्स आउटलेटमा कार्ड देखाएर वा बुकिंग गर्दा कार्ड उल्लेख गरी छुट प्राप्त गर्न सकिने डिशहोमले जनाएको छ। यस साझेदारीलाई औपचारिकता दिने क्रममा इला होटल एण्ड रिसोट्र्सका सीईओ प्रशन्न अधिकारी र डिशहोमका चिफ, न्यु प्रोडक्ट डेभ्लपमेन्ट एन्ड इन्टिग्रेसन अफिसर सबिन महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
“यस साझेदारीले हाम्रो ग्राहकहरूको जीवनशैलीमा थप मूल्य जोड्ने हाम्रो प्रतिबद्धता दर्शाउँछ र नेपालभरका उत्कृष्ट आतिथ्य अनुभवमा पहुँच प्रदान गर्दछ,” डिशहोमका सीईओ तारा मानन्धरले बताए।
डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड ग्राहकहरूलाई डाइनिङ, आतिथ्य, यात्रा र लाइफस्टाइल क्षेत्रमा विशेष छुट र सुविधा प्रदान गर्नका लागि सुरु गरिएको हो। कम्पनीले आगामी महिनाहरूमा अझ धेरै शीर्ष ब्रान्डहरूलाई यस कार्यक्रममा समावेश गर्ने योजना बनाएको छ।











