नाडा अटो शो-२०२५ मा बीमाबारे सचेतना फैलाउँदै शिखर इन्स्योरेन्स (भिडियोसहित)

४ भाद्र २०८२, बुधबार १६:२८

काठमाडौं । राजधानीमा सुरु भएको ‘नाडा अटो शो २०२५’मा सवारीसाधन हेर्न आएका आगन्तुकको आकर्षण केवल नयाँ कार वा मोटरसाइकलमै सीमित छैन बीमा क्षेत्रको अग्रणी नाम शिखर इन्स्योरेन्सले राखेको स्टलले पनि प्रदर्शनीमा व्यापक चर्चा कमाइरहेको छ।

निर्जीवन बीमा क्षेत्रमा अग्रणी शिखर इन्स्योरेन्सले मोटर बीमा सेवासहित नागरिकलाई बीमाको महत्वबारे प्रत्यक्ष जानकारी दिँदै प्रदर्शनीलाई जनचेतनामूलक बनाएको छ। सरकारले अनिवार्य गरेको तेस्रो पक्ष बीमाबारे सर्वसाधारणलाई सचेत गराउँदै शिखरले सवारीसाधन खरिद गर्ने ग्राहकलाई उत्कृष्ट विकल्प प्रस्तुत गरेको छ।

इन्स्योरेन्सका प्रतिनिधिहरुले आगन्तुकलाई मोटर बीमासम्बन्धी सम्पूर्ण प्रक्रिया, बीमालेख अवलोकनदेखि दाबी भुक्तानीसम्बन्धी विस्तृत जानकारी उपलब्ध गराइरहेका छन्। सर्वसाधारण बीमाको महत्व बुझ्न उत्सुक देखिएका छन् भने धेरैले आफ्नो सवारीसाधनलाई सुरक्षित बनाउन शिखरको सेवा लिन चाहना प्रकट गरेका छन्।

भिडियोको फेसबुक लिङ्क

https://www.facebook.com/Nepali.Insurance.News/videos/24003590266007233

अटो बजारमा विद्युतीय सवारीसाधनको माग बढ्दै गइरहेको बेला शिखर इन्स्योरेन्सले ईभी ब्याट्री बीमा आवश्यकताको समेत जानकारी दिँदै नयाँ प्रविधि अनुसार ग्राहकलाई सचेत गराइरहेको छ। पछिल्ला वर्षमा बढिरहेका सडक दुर्घटना र त्यसबाट हुने आर्थिक क्षति न्यून गर्न सवारी बीमाको महत्व बढेकै हो। यही पृष्ठभूमिमा शिखरले बीमाको अनिवार्यता मात्र नभई व्यावहारिक उपयोगिताबारे पनि परामर्श दिँदै आएको छ।

नाडा अटो शो २०२५मा शिखर इन्स्योरेन्सको सहभागिताले बीमा र सुरक्षा दुवैलाई समान महत्व दिनुपर्ने सन्देश दिएको छ। आगन्तुकले नयाँ सवारीसाधन हेर्नु मात्र होइन दुर्घटनाको जोखिम कम गर्ने र आर्थिक सुरक्षाको ग्यारेन्टी पाउने उपायबारे प्रत्यक्ष बुझ्ने अवसर पाएका छन्। यसरी शिखरले प्रदर्शनीलाई केवल गाडी प्रदर्शनमा सीमित नराखी बीमा सचेतना फैलाउने थलोमा बदलिदिएको छ।

यसबाहेक, शिखर इन्स्योरेन्सले भर्खरै सार्वजनिक गरेको ‘शिखर स्वास्थ्य सुरक्षा’ योजनाको जानकारी पनि आगन्तुकलाई दिइरहेको छ। प्रदर्शनी अवधिमा उक्त पोलिसी लिन चाहने ग्राहकलाई प्रिमियममा २० प्रतिशत छुटको सुविधा उपलब्ध गराइएको छ जसले शिखरलाई अझ बढी चर्चामा ल्याएको छ।

नाडा अटो शोको हलमा गाडी र मोटरसाइकलसँगै शिखर इन्स्योरेन्सको स्टल पनि दर्शकको भिडले भरिएको छ। बीमा आवश्यकताको बारेमा सरल भाषामा प्रष्ट्याउने, नयाँ उत्पादनबारे जानकारी दिने र आकर्षक छुटको व्यवस्था गर्ने रणनीतिले शिखर इन्स्योरेन्स प्रदर्शनीको सबैभन्दा चर्चित कम्पनी बनेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*