अटो सो २०२५: एसटिसी राइड र इनर्जी ब्रान्डका ब्याट्री र सीएट टायरमा आकर्षण (भिडियोसहित)

४ भाद्र २०८२, बुधबार १८:४१

काठमाडौँ । राजधानी काठमाडौँमा जारी नाडा अटो सो २०२५ मा अवलोकनकर्ताहरुको घुईचो विशेष रूपले देखिएको छ। अटोप्रेमी तथा उद्योगका सरोकारवालाहरुले विभिन्न स्टलहरु अवलोकन गर्न दौडधुप गरिरहेका छन्।

यस वर्षको अटो शोमा नाडाका महासचिव सुरेन्द्र उप्रेति प्रबन्धक निर्देशक रहेको एसटिसी ग्रुपले पनि स्टल राखेको छ। हेटौडास्थित औद्योगिक पार्कमा स्थापित एसटिसी इनर्जी इन्डष्ट्रिज प्रालिको उत्पादनहरु यहाँ प्रदर्शनीमा राखिएका छन्। स्टलमा कम्पनीका टु–ह्विलर, अटोमोटिभ ब्याट्री र इनभर्टर ब्याट्रीहरु प्रदर्शनमा छन्।

एसटिसी इनर्जी इन्डष्ट्रिज प्रालि ५० करोडभन्दा बढी लगानीमा स्थापना गरिएको उद्योग हो। हाल यसले ७० भन्दा बढी जनालाई प्रत्यक्ष रोजगारी दिएको छ। कम्पनीले ‘एसटिसी राइड’ र ‘इनर्जी’ ब्रान्डमा ब्याट्री उत्पादन गर्दै आएको छ।

भिडियोको फेसबुक लिङ्क

https://www.facebook.com/Nepali.Insurance.News/videos/2203785756806626

यसैगरी, सीएट टायरको नेपालका लागि आधिकारिक बिक्रेता एसटीसी अटो पनि आफ्नो टायर प्रदर्शनमा राखेको छ। प्रदर्शनीमा अवलोकनकर्ताहरुको भीड अत्यधिक रहेको छ र टायरको प्रदर्शनले विशेष आकर्षण पाएको छ।

५० करोडको लगानीमा एसटीसी इनर्जी: स्वचालित प्लान्टबाट गुणस्तरीय र प्रतिस्पर्धी ब्याट्री

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*