यस्ता छन मन्त्रिपरिषद् बैठकले गरेका २५ निर्णय
४ भाद्र २०८२, बुधबार २०:०६

काठमाडौं । दुई दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले गरेका २५ निर्णय बुधबार सार्वजनिक भएको छ ।
सरकारको प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त निर्णय बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् ।
सैनिक अधिकारीहरूको बढुवा गर्ने, राष्ट्रिय युवा नीति स्वीकृति गर्ने, नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदमुक्त गर्ने लगायतका निर्णय भएका छन् ।

decos











