माबिलुङ्ग इनर्जीको आइपीओ कहिले हुँदैछ बाँडफाँड ?
५ भाद्र २०८२, बिहीबार ०८:३४

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओ अर्को साता मात्र बाँडफाँड हुने भएको छ।
बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार प्राप्त आवेदनहरु मध्येबाट डुप्लिकेट आवेदनहरु भेरिफाई गर्ने क्रममै रहेकोले आईपीओ बाँडफाँड अर्को साता मात्र बाँडफाँड हुने छ ।
आईपीओको प्रि अलोटमेन्ट आज गर्ने क्यापिटलको तयारी रहेको छ। योजना अनुसार काम भएमा आगामी आइतबार शेयर बाँडफाँड हुने क्यापिटलले जनाएको छ। यद्यपि सफ्टवेयरमा समस्या आएमा १र२ दिन ढिलो हुन सक्ने क्यापिटलले उल्लेख गरेको छ।
कम्पनीले साउन २६ देखि २९ गतेसम्म आईपीओ निष्काशन गरेको थियो। कम्पनीले सर्वसाधारणलाई १२ लाख ४८ हजार ९ सय ४ कित्ता शेयर निष्काशन गरेको हो।











