आईएमई ग्रुपकोभेन्चर हायर पर्चेंजले आईपीओ निष्काशन गर्ने

काठमाडौं । आईएमई ग्रुपको हायर पर्चेज कम्पनी भेन्चर हायर पर्चेंज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन सहितका प्रस्ताव पारित गर्न भदौ २७ गते शुक्रबार साधारणसभा आह्वान गरेको छ।
साधारणसभामा कम्पनीको पुँजी संरचना परिवर्तन गर्ने र सो बमोजिम प्रबन्धपत्र र नियमावलीमा संसोधन गर्ने , कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधनमा नियमनकारी निकायहरुबाट कुनै थपघट वा संसोधन गर्न निर्देशन भएमा आवश्यक संशोधन तथा परिमार्जन गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने, प्रारम्भिक सार्वजनिक निष्काशन मार्फत शेयर विक्री गर्ने , संचालक समितीको प्रतिवेदन पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन पारित गर्ने,
लेखा परिक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने , संचालक समिति पुनर्गठन गर्ने प्रस्ताव पेश हुने छन् । त्यस्तै दश प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पनि सभामा पेश हुने छ।
यो कम्पनी आइएमई ग्रुप अन्तर्गतको हो। कम्पनीका अध्यक्ष निशान ढकाल हुन् भने सीइओ बाबुराम शर्मा हुन् । कम्पनीले आईएमई मोटर्सद्वारा बिक्री गरिने गाडीमा हायर पर्चेजको सेवा प्रदान गर्दै आएको छ।












