बिहीबार हाइड्रोपावरका लगानीकर्ता मालामाल, कुनले कति कमाए ?
५ भाद्र २०८२, बिहीबार १५:१५

काठमाडौं । सात कारोबारको अन्तिम दिन अथात बिहीबार पनि शेयर बजार ७.८१ अंकले घटेर २७५९ को बिन्दुमा कायम भएको छ ।
सामान्य अंकले घटेको शेयर बजारमा हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । आज विभिन्न सेक्टरका ५३ वटा कम्पनीको शेयरमूल्य बृद्धि भएको छ । जसमा विकास हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, सामुदायिक लघुवित्तको ५.३७ प्रतिशत, रशुवागढी हाइड्रोपावरको २.८६ प्रतिशत, सानिमा ग्रोथ फण्डको २.७५ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।













