तेह्रथुम पावरको लिलामी शेयरमा परेको बोलपत्र आज खोलिंदै

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयरमा परेको बोलपत्र आज खोलिने भएको छ।
कम्पनीले गत असार १६ गतेदेखि साउन ११ गतेसम्म बिक्री खुला गरेको हकप्रद शेयरमा सर्वसाधारणतर्फको ४ लाख १८ हजार ७३८ कित्ता शेयर बाँकी बसेको थियो।
सोही शेयर गत साउन २७ गतेदेखि भदौ ३ गतेसम्म लिलाम बिक्रीमा राखिएकोमा उक्त अवधिभित्र शेयर खरीदका लागि परेका बोलपत्रहरू आज भदौ ६ गते शुक्रबार काठमाडौंको नक्सालस्थित नबिल इन्भेष्मटेण्ट बैंकिंग लिमिटेडको कार्यालयमा खोलिने भएको हो।
बोलपत्र बिहान १० बजे खोलिने कम्पनीले जानकारी दिएको छ। सबै बोलपत्रहरू खोलेर खरीदकर्ताले शेयरका लागि तोकेको मूल्यका आधारमा अन्तिम मूल्य (कट अफ प्राइस) कायम गरेर सोही आधारमा शेयर बाँडफाँड हुनेछ।












