पिपुल्स पावरको हकप्रद शेयर बाँडफाँड, झण्डै ४ लाख कित्ता लिलामीमा आउने

काठमाडौं । पिपुल्स पावर लिमिटेडले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ।
कम्पनीले असार १ गतेसम्म नेप्सेमा कायम शेयरधनीका लागि १ कित्ता बराबर ०.५० कित्ताका दरले कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो।
निष्कासन अवधिभर रितपूर्क आवेदन दिएका ९१ हजार ९३८ जना शेयरधनीलाई २७ लाख ७१ हजार २११ कित्ता हकप्रद शेयर बाँडफाँड भएको छ।
बाँडफाँडपछि बाँकी बसेको ३ लाख ९१ हजार ७७९ कित्ता शेयर सबैले किन्न पाउने गरी लिलाम बढाबढ मार्फत् बिक्री गर्नेछ।
साथै आफ्नो हकभन्दा बढी शेयर मागेर आवेदन दिएकाको हकमा बाँडफाँडमा नपरेको शेयर बापतको रकम भदौ ८ गतेदेखि बैंक खातामा फिर्ता पठाइने कम्पनीले जानकारी दिएको छ।












