हिमालयन इन्भेष्टमेन्ट बैंकरले भदौ १५ देखि ‘एचएलआई लार्ज क्याप फण्ड’ निष्कासन गर्ने
६ भाद्र २०८२, शुक्रबार ०९:२३

काठमाडौं । हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले यही भदौ १५ गतेदेखि आफ्नो पहिलो बन्दमुखी योजना ‘एचएलआई लार्ज क्याप फण्ड’ निष्कासन गर्ने भएको छ।
कम्पनीले प्रतिइकाई १० रुपैयाँका दरले कुल ४० करोड इकाई निष्कासन गर्न लागेको हो जसमध्ये २० लाख इकाई कोष प्रवर्द्धक हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका लागि सुरक्षित गरी बाँकी २० करोड इकाई सर्वसाधारणलाई बेच्न लागेको हो।
यसमा आवेदन दिंदा कम्तीमा १०० इकाईका लागि र बढीमा ४ करोड इकाईसम्मका लागि आवेदन दिन सकिनेछ। निष्कासन बन्द छिटोमा भदौ १८ गते र ढिलोमा भदौ २९ गते हुनेछ।
यसमा इकाई निष्कासन तथा बाँडफाँडको काम हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले गर्नेछ। यस योजनाको इकाईको अवधि बाँडफाँड भएको मितिले १० वर्षको हुनेछ।












