नाडा अटो शो २०२५: केवल तीन दिनमै ७८ हजारभन्दा बढी अवलोकनकर्ता

काठमाडौँ । नाडा अटो शो २०२५ ले यसपटक ऐतिहासिक सफलता हात पारेको छ। आयोजनाको केवल तीन दिनमै ७८ हजार ५१३ अवलोकनकर्ताले सहभागीता जनाएका छन्। यो तथ्यांकले नेपाली जनतामाझ अटो शोप्रतिको उत्साह, विश्वास र समर्थन अझ बढिरहेको स्पष्ट देखाएको छ। आर्थिक चुनौती र कठिनाइबीच पनि अटोमोबाइल क्षेत्रमा जनमानसको आकर्षण उस्तै रहनु उल्लेखनीय मानिएको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्षले यस उपलब्धिलाई अन्त्य नभई नयाँ सुरुवातको रूपमा व्याख्या गरेका छन्। उनका अनुसार, यस सहभागिताले संस्थाको अपेक्षा अझ बढाएको छ र नेपाललाई अटोमोबाइल नवप्रवर्तन तथा भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन आत्मविश्वास थप मजबुत भएको छ।
यस ऐतिहासिक सफलतामा योगदान पु-याएका प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्मी तथा अवलोकनकर्ताप्रति नाडाले आभार व्यक्त गरेको छ। अटो शो अब केवल प्रदर्शनी मात्र नभई नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सवका रूपमा स्थापित भएको नाडाले जनाएको छ।













