बुङ्गल हाइड्रोको आईपीओ सर्वसाधारणलाई बिक्री खुला, कहिलेदेखि दिने आवेदन?

८ भाद्र २०८२, आईतवार ०६:४४

काठमाडौं । पहिलो चरणको आईपीओ बाँडफाँड गरेसँगै बुङ्गल हाइड्रो लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २९ लाख ५ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। कम्पनीले पहिलो चरणमा ८ लाख ३० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र २ लाख ७ हजार ५०० कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ।

कम्पनीले अब बाँकी शेयरमध्ये १ लाख ३ हजार ७५० कित्ता आईपीओ सामूहिक लगानी कोषका लागि र ६२ हजार २५० कित्ता आईपीओ कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी १७ लाख १ हजार ५०० कित्ता सर्वसाधारणमा निष्कासन गरेको हो।

यसमा आवेदन दिंदा कम्तीमा १० कित्ता र बढीमा २० हजार कित्तासम्म माग गर्न सकिनेछ। यसर्थ कम्तीमा १ हजार रुपैयाँ र बढीमा २० लाख रुपैयाँ लाग्नेछ। यसमा भदौ १६ गतेदेखि दिन सकिनेछ भने आवेदन दिने अन्तिम मिति भदौ १९ गते रहेको छ।

यसमा आईपीओ निष्कासन तथा बाँडफाँडको काम हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*