प्रतिकित्ता १०० रुपैयाँमै करीब ४ लाख कित्ता अवितरित हकप्रद बेच्दै पिपुल्स पावर, सबैले किन्न पाउने

८ भाद्र २०८२, आईतवार ०७:०७

काठमाडौं । पिपुल्स पावर लिमिटेडले ३ लाख ९१ हजार ७७९ कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा राखेको छ।

कम्पनीले गत असार २२ देखि साउन २६ गतेसम्म बिक्री खुला गरेको हकप्रद शेयर बाँडफाँड गर्दा बाँकी रहेको उक्त शेयर अब लिलाम बढाबढ मार्फत बिक्री गर्न लागेको हो।

उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। आवेदन दिंदा कम्तीमा १०० कित्ताका लागि र बढीमा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ। आवेदन भदौ १५ गतेदेखि भदौ २२ गतेसम्म दिन सकिनेछ।

यसमा सर्वसाधारण, संस्थापक, संघसंस्था लगायत इच्छुक सबैले बोलपत्र पेश गर्न सक्नेछन्। त्यस्तो बोलपत्र फाराम काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेड र प्रभु बैंकका विराटनगर, वीरगंज, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयमा पाइनेछ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*