विकास हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनको कतिले बढ्यो ?

८ भाद्र २०८२, आईतवार १५:०६

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १७.०२ अंकले घटेर २७४० को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेपनि आज विभिन्न सेक्टरका ४१ वटा कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ । जसमा आइतबार विकास हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सीवाइसी नेपाल लघुवित्त, हिमालयन डिस्टीलरी, अप्पर स्याङ्गे हाइड्रोपावर, स्वरोजगार लघुवित्त लगायत विभिन्न संस्थाका ऋणपत्र तथा फण्डहरुको शेयरमूल्य आकाशिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*