पुँजी बजार राताम्यः कारोबार साढे ६ अर्ब, लगानीकर्ताको अर्बौ लगानी डुब्दै

८ भाद्र २०८२, आईतवार १५:०५

काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताको मनोबल कमजोर हुनका साथै अर्बौ लगानी डुबि रहेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.०२ अकंले घटेर २७४०.९५ बिन्दुमा कायम भएको छ । आज ३२३ कम्पनीको १ करोड ४० लाख ९ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५४ करोडको कारोबार भएको छ ।

यसदिन १२ उपसूचक राताम्य भएका छन् । आज विकास बैंक समूहको १.६७ प्रतिशत र हाइडोपावर समूहको १.०८ प्रतिशतले शेयर मूल्य घटेको हो ।

आइतबार ४१ कम्पनीको शेयर मूल्य बढेको छ भने २०८ कम्पनीको घटेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*