मेरो शेयरको सेवा अवरुद्ध, सेवाग्राही प्रभावित
८ भाद्र २०८२, आईतवार १७:०८

काठमाडौं । सिडिएस एण्ड क्लियरीङ लिमिटेडले सञ्चालन गरेको मेरो शेयर तथा सि–आस्वा सेवा अवरुद्ध हुने भएको छ ।
संस्थाले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै आज उक्त सेवा तथा प्रणालीहरुको डाटाबेस अपग्रेडेसन गर्नुपर्ने भएकाले साझ ५ः३० बजेदेखि करिव ६ घण्टा अवरुद्ध हुने जानकारी गराएको हो ।
उक्त कार्य सम्पन्न भए पश्चात सम्पूर्ण सेवाहरु पूर्ववत् रुपमा सञ्चालन हुने समेत सीडीएसले जनाएको छ ।













