४ म्युचुअल फण्डहरूको इकाई मूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ४ वटा म्युचुअल फण्डहरूको इकाई मूल्य समायोजन गरेको छ।
नेप्सेले कुमारी धनवृद्धि योजनाको १०.५० प्रतिशत, कुमारी इक्विटी फण्डको ११.५० प्रतिशत, आरबिबि म्युचुअल फण्ड १ को २० प्रतिशत र आरबिबि म्युचुअल फण्डको १३ प्रतिशत नगद लाभांश बापत मूल्य समायोजन गरेको हो।
मूल्य समायोजनपछि कुमारी धनवृद्धि योजनाको इकाई मूल्य ९.०५ रुपैयाँ, कुमारी इक्विटी फण्डको इकाई मूल्य ८.९१ रुपैयाँ, आरबिबि म्युचुअल फण्ड १ को इकाई मूल्य ९.३१ रुपैयाँ र आरबिबि म्युचुअल फण्ड २ को इकाई मूल्य ८.९४ रुपैयाँ कायम भएको छ।
नेप्सेले हिजो कारोबार समयपछि कायम भएको अन्तिम मूल्यलाई आधार मानेर यी म्युचुअल फण्डहरूको इकाई मूल्य समायोजन गरेको हो।
हिजो कारोबार समयपछि कुमारी धनवृद्धि योजनाको १०.१० रुपैयाँ, कुमारी इक्विटी फण्डको १०.०६ रुपैयाँ, आरबिबि म्युचुअल फण्ड १ को ११.३१ रुपैयाँ र आरबिबि म्युचुअल फण्ड २ को १०.२४ रुपैयाँ अन्तिम मूल्य थियो।
आज यी म्युचुअल फण्डहरूको समायोजित मूल्यबाट कारोबार खुल्नेछ।












