बल्ल बढ्यो बजारः विकास बैंक र लघुवित्तका लगानीकर्ता मालामाल, चलखेल कि सुधार ?

९ भाद्र २०८२, सोमबार १५:०८

काठमाडौँ । लामो समयदेखि ओरालो लागेको शेयर बजारमा आज दोहोरो अंकको सुधार देखिएको छ । बजारका अधिकांश सूचक सकारात्मक दिशा तर्फ गए पनि निरन्तर घाटा भोगिरहेका लगानीकर्ताको मनोबल अझै बढ्न सकेको छैन ।

मौद्रिक नीतिपछि बजार ३००० बिन्दुमा पुगेको थियो । त्यसबेला ३२०० पार गर्ने आशामा लगानी गरेका लगानीकर्ताको पूँजी अहिले भारी घाटामा छ । माफियाहरुको लहलहैमा शेयर खरिद गर्नेहरु अहिले लगानीको मूल्य घट्दा निराश छन् ।

नेपालीहरुको मुख्य चाडपर्व दशै–तिहार नजिकिँदै गर्दा धेरैले पैसाको जोहोका लागि शेयर बिक्री गर्ने सम्भावना देखिएको छ । यसले बजारमा थप दबाब पर्न सक्ने जोखिम बढाएको छ ।

पछिल्ला दिनमा बजारमा सुधार स्थायी हुने वा अस्थायी मात्र हुने भन्ने विषयमा सबैमा प्रश्न उठेको छ । ३००० बिन्दुमा पुगेको बेला शेयर बिक्री गर्नेहरुको मानसिक तनाव अझै उच्च छ र निराशाको स्थिति कायम छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.२२ अकंले बढेर २७६३.१८ बिन्दुमा कायम भएको छ । आज ३१७ कम्पनीको १ करोड ८ लाख ७७ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७५ करोड ३२ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १२ उपसूचकमा हरियाली आएको छ । विकास बैंक समूहको १.१० प्रतिशत, माइक्रोफाइनान्सको १.५९ प्रतिशतले शेयर मूल्य बढेको छ । नेपाल राष्ट बैंकले लघुवित्तमा लगाएको लाभांश सम्बन्धी सीमा १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुराएसँगै माइक्रोफाइनान्समा आज सुधार देखिएको हो ।

सोमबार १७९ कम्पनीको शेयर मूल्य बढेको छ भने ७१ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*