नेप्सेमा छयाङदी हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत
९ भाद्र २०८२, सोमबार १७:३९

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । सोमबार छयाङदी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको १०० प्रतिशतले हुन आउने कुल ३८ लाख ६९ हजार ७७५ कित्ता शेयर सूचीकृत भएको छ । अब उक्त शेयर सोमबारदेखि कारोबारमा आउनेछ ।












