दुई माइक्रो इन्स्योरेन्सहित ६ कम्पनीका शेयरमा लकइन अवधि सकिँदै, कुनको कहिले ?

१० भाद्र २०८२, मंगलवार १४:०७

काठमाडौं । दुई माइक्रो इन्स्योरेन्सहित विभिन्न ६ कम्पनीका शेयरमा लकइन अवधि सकिने भएको छ । म्युचुअल फन्ड, स्थानीय तथा संस्थापक समूहले होल्ड गरेको ६ कम्पनीका शेयरमा लकइन अवधि सकिन लागेको हो ।

म्युचुअल फन्डले होल्ड गरेको नेपाल माइक्रो इन्स्योरेन्सको १ लाख १२ हजार ५०० कित्ता सेयरमा भदौ २२ गते लकइन अवधि सकिने भएको छ । त्यस्तै रसुवागढी हाइड्रोपावरको आयोजना प्रभावित स्थानीयले होल्ड गरेको ६८ लाख ४२ हजार १ सय कित्ता शेयरमा भदौ २७ देखि लकइन अवधि सकिने भएको छ ।

म्युचुअल फन्डले होल्ड गरेको क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको १ लाख १२ हजार ५ सय कित्ता शेयरमा असोज ५ गतेदेखि लकइन अवधि सकिने भएको छ । सिक्लेस हाइड्रोपावरको संस्थापक शेयर ६४ लाख ९९ हजार ९५० कित्ता शेयरमा असोज ८ गते लकइन अवधि सकिने भएको छ ।

म्युचुअल फन्डको होल्डमा रहेको ओम मेगाश्री फर्मास्युटिकल्सको ९० हजार कित्ता सेयरमा असोज ११ गते लकइन अवधि सकिने छ । पिपुल्स पावरको ४८ लाख ३९ हजार ३९० कित्ता संस्थापक शेयरमा असोज ११ गते नै लकइन अवधि सकिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*