दुई पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

१० भाद्र २०८२, मंगलवार १५:०९

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ७.६० अंकले बढेर २७६८ को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा आज चार अर्ब १८ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ । जसमा आज पनि नेपाल पुनर्बीमा कम्पनीको ४८ करोड ९५ लाख रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको २१ करोड ७१ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, एनआरएन इन्फ्रास्टक्चरको १९ करोड ४८ लाख रुपैयाँ, हिमालयन डिस्टीलरीको १६ करोड ८४ लाख रुपैयाँले सबैभन्दा बढी कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*