शेयर बजारमा झिनो सुधारः कारोबार खुम्चियो, लगानीकर्ता अलमलमा

१० भाद्र २०८२, मंगलवार १५:०९

काठमाडौँ । निरन्तर घटी रहेको बजार पछिल्लो २ दिनमा भने सुधार देखिएको छ । बजार बढ्दा लगानीकर्तामा थोरै भएपनि हौसिएका छन् । बजारका अधिकांश सूचक सकारात्मक दिशामा भए पनि निरन्तर घाटा भोगिरहेका लगानीकर्तालाई द्ुई दिनको सुधारले मनोबल उठाउन सकेको छैन । अहिले बजार एउटै परिसूचक तिर रोमलि रहँदा लगानीकर्ताले शेयर बिक्री र किन्न अलमलमा परेको देखिएको छ ।

मौद्रिक नीतिपछि शेयर बजार ३००० बिन्दुमा पुगेको थियो। त्यसबेला ३२०० पार गर्ने आशामा लगानी गरेका धेरै लगानीकर्ताको पूँजी अहिले भारी घाटामा छ। माफियाहरुको प्रलोभनमा शेयर खरिद गरेका निवेशकहरू अहिले मूल्य घट्दा निराश छन्।

नेपालीहरुको मुख्य चाडपर्व दशैँ–तिहार नजिकिँदै गर्दा धेरैले पैसाको आवश्यकता पूर्ति गर्न शेयर बिक्री गर्ने सम्भावना बढेको छ। यसले बजारमा थप दबाब पर्न सक्ने जोखिम बढाएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.६० अकंले बढेर २७६८.८६ बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको ९२ लाख ४३ हजार २३२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १८ करोडको कारोबार भएको छ ।

मंगलबार ९ उपसूचकमा हरियाली आएको छ भने ४ उपसूचक राताम्य भएका छन् । आज विकास बैंक समूहको १.२८ प्रतिशतले शेयर मूल्य बढेको हो ।

यसदिन १०१ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*