मंगलबार हाइड्रोपावर र लघुवित्तका लगानीकर्ता मालामाल

१० भाद्र २०८२, मंगलवार १५:११

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ७.६० अंकले बढेर २७६८ को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा आज हाइड्रोपावर र लघुवित्तका कम्पनीहरुको शेयरमूल्यमा हारियाली छाएको छ । जसमा विकास हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, नेपाल रिपब्लिक मिडियाको ८.६१ प्रतिशत, सीवाइसी नेपाल लघुवित्तको ४.५३ प्रतिशत, गार्डियन माइक्रो लाइफको ३.७६ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*