तेह्रथुम पावरको लिलामी शेयर बाँडफाँड, कट अफ प्राइस कति?

११ भाद्र २०८२, बुधबार ०७:३४

काठमाडौं । तेह्रथुम पावर कम्पनीले लिलाम बढाबढ मार्फत् खरीद आह्वान गरेको अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ।

कम्पनीले हकप्रद शेयर निष्कासन गरेर बाँडफाँड गर्दा सर्वसाधारण समूहतर्फको ४ लाख १८ हजार ७३८ कित्ता शेयर बाँकी बसेको थियो।

सोही शेयर बिक्री गर्न कम्पनीले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकेर साउन २७ गतेदेखि भदौ ३ गतेसम्म लिलाम बढाबढद्वारा खरीद आह्वान गरेको थियो।

उक्त अवधिभर परेका बोलपत्रहरू भदौ ६ गते खोलेर आवश्यक रूजु गरी भदौ १० गते बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले बाँडफाँड गरेको हो।

बाँडफाँडको अन्तिम मूल्य (कट अफ प्राइस) ३२५ रुपैयाँ कायम भएको र उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरूको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रूपमा शेयर बाँडफाँड गरिएको जनाएको छ।

साथै बाँडफाँडमा नपरेकाहरूको रकम भदौ १२ गतेदेखि सम्बन्धित आवेदकको बैंक खातामा फिर्ता पठाइने जानकारी दिएको छ। भदौ १९ गतेसम्म पनि रकम जम्मा नभएमा बिक्री प्रबन्धकसँग सम्पर्क राख्न आग्रह समेत गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*