सिक्लेस हाइड्रोपावरको लकइन अवधि असोजमा सकिने
११ भाद्र २०८२, बुधबार ०९:२६

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको कुल ७३ लाख ८४ हजार ५०० कित्ता शेयरको लकइन अवधि आउँदो असोज १० गते सकिने भएको छ।
हाल कम्पनीको संस्थापकतर्फको ६५ लाख कित्ता, स्थानीय बासिन्दातर्फको ८ लाख ५० हजार कित्ता र कर्मचारीतर्फको ३४ हजार ५०० कित्ता शेयर लकइनमा रहेको छ।
कम्पनीले आईपीओ निष्कासन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले ३ पूरा नभएसम्म संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीको शेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।
यस कम्पनीले २०७९ असोज ११ गते सर्वसाधारणमा आईपीओ बाँडफाँड गरेको थियो। सोही दिनदेखि लकइनमा रहेका यी शेयरहरू अब खुल्ने भएको हो। लकइन अवधि सकिएपछि यी शेयरहरू कारोबारमा आउनेछन्।
यद्यपि कम्पनीको सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीले भने खरीद–बिक्री गर्न नपाइने कम्पनीले स्पष्ट पारेको छ।













